झापा,२० असार । झापामा शनिवार थप पाँच जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।
संक्रमितहरु कचनकवल गाउँपालिकाका ४ जना र कनकाई नगरपालिकाका एकजना पुरुषहरु रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाईंले बताए।
संक्रमित कन्काईका साउदीबाट र कचनकवलका भारत र दुबईबाट आएको चम्लागाईले जानकारी दिए । यो सँगै झापामा संक्रमित संख्या २८३ पुगेको छ