नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गोरखाको पालुङटारका एक र रुपन्देहीका एक जनाको कारोनाका कारण मृत्यु भएको हो।
गोरखाको पालुङटार ७ का ४४ वर्षिय पुरुषको शनिबार बिहान उपचारका क्रममा मृत्यु भएको हो। असार १७ गते कतारबाट आएका उनी पालुङटारकै क्वारेन्टिनमा बसेका थिए।
उनको १८ गते स्वाब संकलन गरी कोरोना परीक्षण गरिएकोमा शुक्रबार पोजेटिभ देखिएको थियो। उनी मधुमेहका दिर्घरोगी रहेको र निमोनिया देखिएपछि गोरखा अस्पतालमा भर्ना गरिएको मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
यस्तै रुपन्देही दवदहका ७५ वर्षका वृद्धको पनि कोरोनाका कारण मृत्यु भएको प्रवक्ता डा. गौतमले बताए। क्षयरोगका विरामी उनी त्रिवि शिक्षण अस्पतालमा उपचाररत थिए। उपचारकै क्रममा उनको असार १८ गते मृत्यु भएको हो। असार १८ गते मात्रै कोरोना पुष्टि भएको थियो। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ।
त्यसै नेपालमा हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ६ हजार ४१५ पुगेको छ ।
शनिबार थप २७२ जना डिस्चार्ज भएसंगै कुलनिको हुनेको संख्या ६ हजार ४१५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।