adv

झापाको दमकमा थप २ जनामा कोरोना संक्रमण पुष्टि

झापा, २१ असार । झापामा आज थप दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेमा दमक नगरपालिका वडा नं ४ र ५ का दुई जना पुरुष रहेको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले बताए । उनीहरुको कोशी प्रादेशिक अस्पताल विराटनगरबाट प्राप्त नतिजामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

केही दिन अगाडी बहराईन र कुवेतबाट आएका उनीहरु स्थानिय क्वारेन्टाइनमा बसेको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन चम्लागाईले जनाए ।

योसँगै झापामा संक्रमितको कुल संख्या २८५ पुगेको छ ।

झापाको भद्रपुरमा संक्रमितको संख्या ६, मेचीनगर ४१, बिर्तामोड ३, कनकाई ११, अर्जुनधारा १३, दमक ८, गौरादह ११, शिवसताक्षी ३, बुद्धशान्ति १६, हल्दिवारी ११, कचनकवल १३३, कमल १, गौरीगञ्ज १८, बाह्रदशी ८ र झापामा २ जना पुगेको छ ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु