adv

नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ७८४ पुग्यो

झापा,२१ असार ।नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा २ सय ९३ जनामा संक्रमण देखिएको जानकारी दिएका हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा झापाका २, पाँचथरका १, ताप्लेजुङका २, मोरङका २, धनुषाका २७, सिराहाका १, महोत्तरीका १२, पर्साका १, अर्घाखाँचीका ३, बैतडीका ३, कैलालीका १४, कपिलवस्तुका १, नुवाकोटका १, रौतहटका २, सल्यानका १, सर्लाहीका ६, मकवानपुरका १, रौतहटका २७, बाँकेका ५, वर्दियाका १, काठमाडौँका २७, नुवाकोटका १ र सर्लाहीका १ एक जनामा कोरोना पुष्टि भएको छ।

यस्तै भक्तपुरका १, रामेछापका २,धादिङका १, कैलालीका १३, कञ्चनपुरका ३२,सिन्धुपाल्चोकका २ इलामका १, ललितपुरका २, म्याग्दीका १, बाग्लुङका १, तनहुँका २, कास्कीका २, लमजुङका १, गोर्खाका १, अर्घाखाँचीका १, कपिलवस्तुका १, नवलपरासीका १, प्युठानका ११, रुपन्देही २, सल्यानका १५, दैलेखका ७, सुर्खेतका १२, स्याङजाका १, रुकुमका ४, बाजुराका २०, डढेल्धुराका ९, अछामका १, बैतडीका १, डोटीका ३ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

गएको २४ घन्टामा १ सय ३२ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म कोरोना निको हुनेको संख्या ६ हजार ५ सय ४७ पुगेको प्रवक्ता गौतमले बताए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु