झापा,२२ असार । नेपालमा आज सोमबार थप १८० जनामा कोरोना संक्रमण पुस्त भएको छ स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ८० जना संक्रमित थपिएका हुन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका २४, भक्तपुरका १०, ललितपुरका २०, झापाका ५, सिराहाका ३, सुनसरीका २, खोटाङका ३, सप्तरीका ८, नुवाकोटका १, सर्लाहीका ६, चितवनका १, नवलपरासीका ६, रौतहटका ६, काभ्रेका ४, ओखलढुङ्गाका ३ जना रहेका छन्।
यस्तै सिन्धुपाल्चोकका ३, बाराका १, चितवनका ३, दाङका २, धादिङका १, दोलखाका २, गोर्खाका ७, कास्कीका ८, मकवानपुरका ५, संखुवासभाका १, सिन्धुलीका २, ताप्लेजुङका १, अर्घाखाँचीका १, उदयपुरका १, बागलुङका ६, लमजुङका ११, पाल्पाका ४, प्युठानका ४,जाजरकोटका १, डढेलधुराका ५, जुम्लाका १ र कैलालीका ८ जना संक्रमित थपिएका हुन्।
यो संगै नेपालमा कुल संक्रमित संख्या १५ हजार ९६४ पुगेको छ । २४ घन्टामा कोरोना संक्रमणबाट २६४ जना निको भएर डिस्चार्ज भएका छन् यो संगै कुल निको हुनेको संख्या ६ हजार ८११ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

