झापा,२२ असार । झापामा आज सोमबार थप चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईका अनुसार सङ्क्रमित हुनेमा विर्तामोड नगरपालिकाका दुई जना, मेचीनगर नगरपालिकाका १ जना र गौरीगञ्ज गाउँपालिकाका १ जना पुरुष रहेका छन् ।
संक्रमितहरु भारत,दुबई र साउदी अरब बाट फर्किएका हुन् ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनगरको कोशी अस्पताल र प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा उनीहरूमा सङ्क्रमण देखिएको हो।
यो संगै झापामा कोरोना संक्रमितको संख्या २८९ पुगेको छ ।

