adv

आज पूर्वराजा ज्ञानेन्द्र शाहको ७४ औँ जन्मोत्सव

काठमाडौँ ,२३ असार । पूर्वराजा ज्ञानेन्द्र शाहले ७३ वर्ष पूरा गरेका छन् ।  २००४ सालमा राजा महेन्द्रका माइला छोराका रुपमा ज्ञानेन्द्र शाह जन्मेका हुन् ।

यसवर्ष पूर्वराजाको जन्मोत्सवमा कुनै विशेष औपचारिक कार्यक्रम आयोजना गरिएको छैन । पूर्वराजाको जन्मोत्सवमा हरेक वर्ष निर्मल निवासमा विशेष समारोहको आयोजना हुने गरेको थियो ।

सुभेच्छुक तथा शुभचिन्तकहरु उनलाई शुभकामना दिन निर्मल निवास पुग्ने गरेका थिए ।

तर यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण कुनै कार्यक्रमको आयोजना नगरिएको पूर्वराजाको सचिवालयले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु