adv

नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार १६८ पुग्यो

झापा,२३ असार। नेपालमा कोरोना संक्रमणको संख्‍या १६ हजार १ सय ६८ पुगेको छ ।मंगलबार मात्रै २ सय ४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा झापाका १, सुनसरीका ३, मोरङका ६, सप्तरीका ४, महोत्तरीका ९, अछामका ११, बैतडीका ११, डोटीका ७, गोरखाका ३, सिन्धुलीका १, मकवानपुरका ३, बाजुराका ५४, सिन्धुपाल्चोकका १, धादिङका १, भक्तपुरका ४, कास्कीका १, काठमाडौँका १४, ललितपुरका १०, लमजुङका १, नुवाकोटका १, पर्साका १, रामेछापका १ र रुपन्देहीका १ जनामा कोरोना पुष्टि भएको छ। यस्तै सर्लाहीका ३, तनहुँका २, बागलुङका १, अर्घाखाँचीका ८, कपिलवस्तुका १, नवलपरासीका ५, पाल्पाका २, दाङका ३, रुकुमका ६, बर्दियाका २, सल्यानका ५, सुर्खेतका ८, डडेल्धुराका ६ जनामा संक्रमण पुष्टि भएको  छ।

यस्तै कोरोना भाइरसबाट मृत्‍यु हुनेको संख्‍या ३५ पुगेको छ भने कोरोना संक्रमणमुक्तको संख्या ७ हजार ४ सय ९९ रहेो छ। मंगलबार मात्रै कोरोनालाई जितेर ६ सय ८८ जना घर फर्किएका छन्।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु