झापा,२३ असार । इलामकाे माङसेबुङ गाउँपालिकामा कृषकहरुलाई कृषि औजार सामग्री वितरण गरिएकाे छ । प्रधानमन्त्री कृषि आधुनिकरण योजना अन्तर्गत मकै ब्लक कार्यक्रम सञ्चालक समिति माङ्सेबुङ वडा ६,२ ले आज मंगलबार एक कार्यक्रमकाे आयोजना गरी कृषि औजार सामग्रीहरु वितरण गरेकाे हाे ।
मकै ब्लक कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७६/०७७ मा पुँजीगत क्रियाकलाप तर्फ ४५ लाख ६० हजार, चालु अनुदान तर्फ चार लाख ५० हजार आठ सय, सरकारी अनुदान तर्फ २५ लाख पाँच हजार चार सय र समिति दायित्व तर्फ २५ लाख पाँच हजार चार सय गरि कुल ५० लाख १० हजार आठ सय रुपैयाँकाे कार्यक्रम सञ्चालन गरिएकाे छ ।
मकै ब्लक घाेषणा गरिएकाे क्षेत्रका किसानहरुलाई थप आधुनिक कृषि कार्यमा प्रेरित गर्दै थप उत्पादनमा जाेड दिनका लागि कृषि अाैजार/उपकरणहरु वितरण गरिएकाे मकै ब्लक सञ्चालन समितिका संयाेजक राम प्रसाद राईले बताए । कृषकहरुलाई आधुनिक कृषि खेती तर्फ धकेल्दै कम लागतमा बढी उत्पादन गर्नका लागि कृषि उपकरणहरु वितरण गरिएकाे र यस्ता खालकाे कृषिजन्य कार्यक्रममा वडाकाे तर्फबाट गर्नु पर्ने सबै खालकाे सहयाेग रहने प्रमुख अतिथि समेत रहनु भएका वडाध्यक्ष प्रदिप सामपाङले बताए ।
त्यस्तै कार्यक्रममा कृषिलाई यान्त्रिकिकरण गरि व्यावसायिक बनाउन जरुरी रहेकाे मकै ब्लक सञ्चालन कार्यक्रम समितिका सल्लाहकार तथा नेकपा माङसेबुङका अध्यक्ष हेमन्त राईले बताए । माङसेबुङ गाउँपालिकाका वडा नं. ६ र २ लाई गत वर्ष देखि मकै ब्लक क्षेत्र घाेषणा गरिएकाे हाे । गत आर्थिक वर्ष देखि कार्यक्रम समेत सञ्चालन हुँदै आएको छ ।
मकै ब्लक कार्यक्रम सञ्चालन समितिका सभापति राम प्रसाद राईकाे अध्यक्षता तथा माङसेबुङ गाउँपालिका वडा नं.६ का वडाअध्यक्ष प्रदिप साङ्पाङकाे प्रमुख आथित्यतामा सम्पन्न भएकाे छ ।
कार्यक्रममा माङसेबुङ वडा नं. ६ वडासदस्यद्वय रामचन्द्र राई, वडा न. २ का वडा सदस्य राम माया लिम्बू राई, ससस्त्र प्रहरी बल बेस क्याम चिसोपानीका प्रहरी निरीक्षक जय चौधरी, प्रहरी चौकी साकफारा प्रमुख प्रहरी नायव निरिक्षक सोम भन्डारी, माङ्सेबुङ स्वास्थ्य संयोजक प्रदिप कुमार राई, अलैची कृषक समूह अध्यक्ष सुरज कुमार राई, पन्चमी बजार व्यवस्थापन समिती अध्यक्ष तिर्थराज राई, सल्भ नेपाल वित्तिय संस्था प्रमुख रिता घिमिरे, समाजसेवि हरि साङ्पाङ, समाजसेवी सुदिप राई, मकै ब्लक सञ्चालक समिति सल्लाहकार हेमन्त राई, नेकपा पार्टी प्रतिनिधि रत्न कुमार राई, नेपाली कांग्रेस पार्टी प्रतिनिधि जीवन कुमार राई लगायतकाे उपस्थिति रहेकाे थियाे ।