adv

झापामा मेचीनगरको थप ५ जनामा कोरोना संक्रमण पुष्टि

मेचीनगर, २४ असार । झापाको मेचीनगर नगरपालिकामा आज बुधबार थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

धरान स्थित  विपी कोइराला विज्ञान प्रयोगशालामा गरिएको पीसीआर टेस्टमा उनीहरुको रिपोर्ट पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमितहरु मेचीनगर–९ को कविशिरोमणि माविको क्वारेन्टिनका एक जना, मेचीनगर–८ को आदर्श माविमा रहेका एक जना, मेचीनगर–९ कै अतिथि सदनमा रहेका एक जना र मेचीनगर–६ को काँकरभिट्टा माविमा रहेका दुई जना गरी पाँच जनामा कोरोना पोजेटिभ देखिएको हो ।

संक्रमितहरु १ महिला र ४ पुरुष रहेका छन् । उनीहरु भारतबाट आएका हुन्  ।

यो संगै मेचीनगरमा मात्र कोरोना संक्रमितको संख्या ४७  पुगेको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु