adv

नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ४२३ पुग्यो,बुधबार थप २५५ जनामा कोरोना पुष्टि

झापा,२४ असार । नेपालमा कुल कोरोना संक्रमितको संख्या १६ हजार ४२३ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २४ घन्टामा २५५ जना थप संक्रमण पुष्टि भएसंगै देशमा कुल संक्रमित संख्या १६ हजार ४२३ पुगेको हो ।

संक्रमित हुनेमा झापाका ७, तेह्रथुमका १, सुनसरीका २, इलामका २, मोरङका ३, सिरहाका २, सप्तरीका ४, बारा १, अछामका १७, बैतडीका २, बझाङका ४, दार्चुलाका १, डोटीका १२, गोरखा २, कैलालीका १९, कञ्चनपुरका १२, काठमाडौंका १६, सर्लाहीका २, चितवनका ५, नवलपरासी पूर्वका २, रौटहटका ३२ छन् ।

यसैगरी दाङका ५, धादिङका १, दोलखाका , झापाका १, कास्कीका १, काभ्रेपलान्चोकका २, ललितपुरका ७, लमजुङ १, नवलपरासी पूर्वका १, पर्सा १, रामेछापका २, रौटहटका १, सर्लाहीका १ , सिन्धुपाल्चोकका १ सुनसरीका १, मोरङका १, म्याग्दीका १, कास्कीका १३, गुल्मीका ३, पाल्पाका ५, प्युठानका १, बाँकेका २, कालिकोटका १, रुकुम पश्चिमका ३, रुकमा पश्चिमका ४, जाजरकोटका १, दैलेखका ५, मुगुका २, सुर्खेतका १४, डडेलधुराका २, अछामका ५ , कैलालीका १७ जना छन् ।

त्यस्तै  पछिल्लो २४ घण्टामा २५३ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ७ हजार ७५२ पुगेको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु