adv
adv

झापामा स्थापना हुने पिसिआर ल्याबका लागि एकैदिन १९ लाख बढी सहयोग प्राप्त (नामवाली सहित)

बिर्तामोड, २४ असार । झापाको कोटिहोमस्थित समर्पण राष्ट्रिय भवनमा कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब स्थापना र सञ्चालनका लागि बुधबार मात्र दाताहरुले एउटै कार्यक्रममा १९ लाख रुपैयाँभन्दा बढी सहयोग रकम प्रदान गरेका छन् ।

एक कार्यक्रमका बीच ‘एकका लागि एक अभियान’ लाई उनीहरुले नगद हस्तान्तरण गरेका थिए । दाताहरुले स्वतस्फूर्त रकम सहयोग गर्ने क्रम जारी रहेको छ ।

    ल्याब स्थापनाका लागि काम गर्दै प्राविधिक ।

बिर्तामोड उद्योग वाणिज्य संघको अतिथि सदनमा आयोजित कार्यक्रममा १९ लाख १४ हजार ७९५ रुपैयाँ प्राप्त भएको छ । बुधबार २४ वटा संस्था र ३२ जनाले व्यक्तिगत रुपमा सहयोग हस्तान्तरण गरेको अभियानका सचिवालय प्रमुख गोपाल भट्टराईले जानकारी दिए । संस्थागत रुपमा सात लाख ८९ हजार ७५८ र व्यक्तिगत रुपमा ११ लाख २५ हजार ३७ रुपैयाँ सहयोग प्राप्त भएको छ ।

रकम ग्रहण कार्यक्रममा अभियानको तर्फबाट संयोजक महेन्द्रकुमार गिरी, सहसंयोजक विनोद बस्नेत, सदस्यहरु मदनगोपाल सुब्बा, कुमार भट्टराई, ओमकृष्ण बिमली, हरि शर्मा, कुमारमणि पोखरेल, शिवकुमार कडेल, गजेन्द्र पौडेल, सञ्जीव घिमिरे, निर्मल भट्टराई, अर्जुन चुडाललगायतको उपस्थिति थियो । कार्यक्रमको सहजीकरण पत्रकार एकराज गिरीले गरेका थिए ।

बुधबार निम्न व्यक्ति र संस्थाले रकम हस्तान्तरण गरेका थिए ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु