adv

झापामा कोरोना संक्रमितको संख्या २९६ पुग्यो,मेचीनगर र बिर्तामोडमा थपिए संक्रमित

झापा,२४ असार । झापामा कोरोना संक्रमितको संख्या २ सय ९६ पुगेको छ।

जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईका अनुसार बुधबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै जिल्लामा कुल संख्या २ सय ९६ पुगेको हो ।

संक्रमितहरु मेचीनगरका १ महिला र ४ पुरुष रहेका छन् । उनीहरु भारतबाट आएर  मेचीनगर–९ को कविशिरोमणि माविको क्वारेन्टिनका एक जना, मेचीनगर–८ को आदर्श माविमा रहेका एक जना, मेचीनगर–९ कै अतिथि सदनमा रहेका एक जना र मेचीनगर–६ को काँकरभिट्टा माविमा रहँदै आएका थिए ।

त्यस्तै बिर्तामोडका एकजना संक्रमित पुरुष साउदी अरबबाट फर्किएर बिर्तामोडको क्वारेन्टिनमा रहँदै आएका थिए ।

यो सँगै झापामा संक्रमतको संख्या २ सय ९६ पुगेको छ ।

भद्रपुरमा संक्रमितको संख्या ६, मेचीनगर ४७, बिर्तामोड ६, कनकाई ११, अर्जुनधारा १३, दमक ८, गौरादह ११, शिवसताक्षी ३, बुद्धशान्ति १६, हल्दिवारी ११, कचनकवल १३३, कमल १, गौरीगञ्ज १९, बाह्रदशी ९ र झापा गाँउपालिकामा २ जना पुगेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु