adv
adv

जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौँ, २५ असार । जनता समाजवादी पार्टी (जसपा) औपचारिक रूपमा निर्वाचन आयोगमा दर्ता भएको छ ।

राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी नेपालबीच एकता भएर बनेको जसपाले औपचारिक रूपमा आधिकारिकता पाएको हो ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बुधबार जसपा दल दर्ताको निर्णय भएको जानकारी दिए । उनले आन्तरिक तयारी सकेर आज वा भोलि जसपालाई दल दर्ताको प्रमाणपत्र दिने पनि जानकारी दिए ।

सरकारले केही समयअघि दल विभाजन गर्न सजिलाे हुने गरी ल्याएको अध्यादेशसँगै राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकता अघि बढेको थियो ।

यी दुई दलले एकताको प्रक्रिया पुऱ्याई निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका थिए । आयोगले आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि दल दर्ताको मान्यता दिएको हो ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु