झापा,२५ असार । नेपाली बजारमा सुनको मूल्यले आज बिहिबार हालसम्म कै उच्च मूल्य कायम गर्दै तोलामा ९२ हजार ४ सय रुपैयाँ पुगेको छ ।
छापावाला सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेर ९२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो तोलामा ६ सय रुपैयाँ बढेर तोलाको ९१ हजार ५ सय रुपैयाँ तोकिएको थियो ।
चाँदीको मूल्य पनि आज तोलामा २५ रुपैयाँ बढेर तोलाको ९ सय ८५ रुपैयाँ पुगेको छ ।
अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएकाले बिहीबार एकै पटक ९ सय रुपैयाँले बढेर नयाँ रेकर्डक कायम भएको व्यवसायी महासंघले जनाएको छ ।