काठमाडौँ ,२५ असार। सरकारले काठमाडौं उपत्यकाभित्रका ३ जिल्लामा र जिल्लाभित्र सार्वजनिक सवारी चलाउन दिने भएको छ ।
अन्य जिल्लाहरुमा पनि जिल्लाभित्र सार्वजनिक सवारी साधन चल्न दिने निर्णय भएको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिएका छन् ।
लामो दूरीमा चल्ने र काठमाडौं उपत्यकाबाहिर अन्तरजिल्ला चल्ने सार्वजनिक सवारीलाई भने चल्न नदिईने ,निजी सवारी साधन मोटरसाइकलसमेत जोर/बिजोर प्रणालीमा चलाउन सकिने,काठमाडौं उपत्यका र सम्बन्धित जिल्लामा ट्याक्सी सञ्चालन गर्न दिने निर्णय पनि भएको मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा खतिवडाले जानकारी दिए ।
त्यस्तै तोकिएको भाडादरको ५० प्रतिशत बढी भाडा लिन पाउने र यात्रुवाहक बसमा सिटको आधा मात्रै यात्रु चढाउन पाइनेछ।
सार्वजनिक यातायातमा चढ्ने सबै यात्रुले मास्क लगाउनुपर्ने, सेनिटाइजर प्रयोग गर्नुपर्ने र चालकले पन्जासहित मास्क पनि लगाउनुपर्नेछ।