adv
Advertise Expired !

दमककाे सरस्वती माविमा नेविसंघले गर्याे तालाबन्दी

झापा,२५ असार । झापाको दमक ९ स्थित सरस्वती माविको प्रधानाध्यापक कक्षमा बिहीबार नेपाल विद्यार्थी संघ झापाले तालाबन्दी गरेको छ ।

संघका जिल्ला नेतासहितको समुहले निमित्त प्रधानाध्यापक नरबहादुर थापालाई कार्य कक्ष बाहिर निकालेर तालाबन्दी गरेको हो ।

सो विद्यालयमा गत माघ ५ गतेदेखि तत्कालिन प्रधानाध्यापक गणेशकुमार पौडेलले राजीनामा दिएपछि रिक्त रहेको ठाउँमा राजनीतिकरण गरी निमित्त प्रधानाध्यापक तोकिएको भन्दै सरोकारवालाहरुले आपत्ति जनाउँदै आएका छन् ।

शिक्षा ऐन २०२८ तथा शिक्षा नियमावली २०५९ को परिच्छेद १७ नियम ९३ को उपनियम १२ बमोजिम विद्यालयमा कार्यरत ज्येष्ठ शिक्षकलाई प्रअको जिम्मेवारी दिनुपर्नेमा सो व्यवस्थालाई कुल्चिदैं व्यवस्थापन समितिले नरबहादुर थापालाई निमित्त प्रअको जिम्मेवारी दिएको भन्दै असन्तुष्टि बाहिर आएको हो ।

केही दिन अघि नेपाली कांग्रेस नगर समितिले सो बिषयलगायत समग्र शैक्षिक सरोकारका बिषयमा ध्यानाकर्षण गराउँदै नगरपालिकामा ज्ञापनपत्र बुझाएको थियो । सो बिषयमा नगर शिक्षा समितिले सुनुवाई नगरेका कारण बाध्य भएर आफूहरुले तालाबन्दी गर्नुपरेको नेवि संघ झापाकाे उपाध्यक्ष भवानी काफ्लेले जानकारी दिए ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु