adv

नेपालमा थप ११८ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमित संख्या १६ हजार ६४९ पुग्यो

झापा,२६ असार । नेपालमा आज शुक्रबार थप ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ११८ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमित हुनेमा काठाडमौंका २८, सुर्खेतका ११, गुल्मीका ६, इलामका २, पाँचथरका २, सिरहाका २, धनुषाका ४, महोत्तरीका ४, रसुवाका १, डोटीका १, चितवनका १, बाँकेका १, भक्तपुरका १, काभ्रेपलान्चोकका २, ललितपुरका ३, रामेछापका १, रौटहटका १, सिन्धुलीका १, सिन्धुपाल्चोकका १ ,पाल्पाका ४, रुपन्देहीका १ जना ,मकवापुरका १ ,धादिङका १, कैलालीका १, बाग्लुङका २, तनहुँका ८, गोरखाका १, नवलपरासीका २ , बाजुराका १, दैलेखका २, डोल्पाका १ र सल्यानका १ जना रहेका छन् ।

यो संगै नेपालमा क्रोना संक्रमितको कुल संख्या १६ हजार ६४९ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा  १२० जना संक्रमित निको भएर घर फर्किएका छन् । यो सँगै निको हुनेको संख्या ८ हजार ११ जना पुगेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु