adv
Advertise Expired !

भारतका जी न्युजका प्रधान-सम्पादकले मागे माफी

काठमाडाै । भारतीय पत्रकार साथै जी न्युजका प्रधानसम्पादक समेत रहेका सुधीर चौधरीले सामाजिक सञ्जाल द्विटरबाट विवादास्पद ट्विट हटाएका छन् ।

नेपाल र भारतबाट चर्को आलोचना भएपछि नेपाल मामिलामा गरेको टिप्पणी माफी मागेर हटाएका हुन् । नेपाल र भारतका हजारौँले चौधरीको अभिव्यक्तिमा आपत्ति जनाएका थिए ।

जी न्युजका प्रधानसम्पादक चौधरीले नेपालमा भारतीय न्युज च्यानल प्रतिबन्धपछि नेपाल भारतीय समाचार वाचकसँग डराएको र सेनाको आवश्यकता नै नपरेको भन्दै टिप्पणी गरेका थिए । उनको टिप्पणीमा हजारौँले असहमति जनाएपछि बाध्य भएर ट्विट हटाएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि चिनियाँ राजदूतलाई गलत तरिकाले प्रस्तुत गरेर जी न्युजले नै भिडियो रिपोर्ट बनाएको थियो । अन्य भारतीय सञ्चारमाध्यमले पनि नेपालविरुद्ध गलत सन्देश प्रशारण गरिरहेका छन् ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु