adv
adv

सार्वजनिक यातायातका साधन नचलाउने महासंघको निर्णय

काठमाडौँ ,२६ असार। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक सवारी नचलाउने निर्णय गरेको छ । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले सरकारसँग राखिएका विभिन्न सर्तहरु पूरा नभएको भन्दै यातायात नचलाउने निर्णय गरिएको महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले जानकारी  दिए ।

यही २३ गते बसेको मन्त्रिपरिषद् बैठकले सुरक्षाका उपाय अपनाउँदै काठमाडौं उपत्यकाका तीनै जिल्ला र बाहिर जिल्लाभित्र मात्रै यातायात सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।

बैंकको ऋण किस्ताको पुनर्तालिकीकरण, ब्याजदरमा सहुलियत, पुनर्कर्जाको व्यवस्थालगायत माग यातायात व्यवसायीहरुको माग छ ।कान्तिपुरबाट

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु