adv

बिरामी सरस्वतीलाई सम्झना र महिमाको सहयोग

दमक, २६ असार । गोठाला जाँदा भीरबाट लडेर मेरुदण्ड भाचिएर घाइते भएकी सरस्वती श्रेष्ठलाई शुक्रबार आर्थिक सहयोग प्रदान गरिएको छ । दमकका सामाजिक अभियान्ता सम्झना तामाङ र महिमा लिम्वूको समूहले ५२ हजार रुपैयाँ सहित सर्जिकल सामग्री प्रदान गरेको हो ।

पाँचथरको हाङगुम घर भई उपचारका लागि उर्लावारी स्थित दिदीभेनाको घरमा बस्दै आएकी १६ वर्षीया श्रेष्ठलाई स्वदेश तथा विदेशबाट संकलन भएको आर्थिक सहयोग हस्तान्तरण गरिएको हो । तामाङ र लिम्बुकाे टोलीले विरामीको घरमा पुगेर नगद तथा सर्जिकल सामाग्री हस्तान्तरण गरेको अभियान्ता महिमा लिम्बुले बताइन् ।

बिरामी सरस्वतीले सहयोग रकम लिदै सहयोग गर्ने सबै सहयोगी मनहरुलाई धन्यवाद व्यक्त गरिन् । साथै आफ्नो उपचारका लागि थप आर्थिक रकम आवश्यक पर्ने भएकोले देश तथा विदेशमा रहनु भएका सम्पूर्ण सहयोगि मनहरुप्रति सहयोगको अपेक्षा समेत गरिन् ।

बिरामी सरस्वतीको घरमा पुगेर उपचारका लागि सहयोग गर्न सम्झना तामाङको टोलीले केही दिन अघि भिडियो मार्फत सहयोगको याचना गर्दै अभियान सुरु गरेको हो । सररस्वतीको लागि आउने जति पनि सहयोग उहाँको परिवारलाई सार्वजानिक रुपमा हस्तान्तरण गर्ने सामाजिक अभियान्ता तामाङले बताइन् ।

बिरामीको स्याहार सुसार गरी रहेकी दिदी जमुना श्रेष्ठले बिराटनगरको नोवेल हस्पिटल सम्म पुराएर उपचार गर्दा २० लाख रुपैया सकिएको र ऋण लागेको बताइन् । सरस्वतीको उपचार सफल हुन २५ देखि ३० लाख रुपैयाँ लाग्ने बिरामीका दिदि जमुना श्रेष्ठले बताइन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु