adv

झापामा ७५ हजार बराबरको नक्कली भारतीय नोटसहित २ व्यक्ति पक्राउ

झापा,२८ असार । झापामा ७५ हजार रुपैयाँ बराबरको नक्कली भारतीय रुपैयाँ सहित दुई जना व्यक्ति पक्राउ परेका छन् ।

साथबाट उनीहरुको  पाँच सय भारुका ७५ हजार बराबर  नक्कली नोट बरामद गरिएको हो ।

पक्राउ परेका मध्ये एक जना कनकाई नगरपालिका–३, सुरुङ्गाका सुन व्यवसायी मौसम श्रेष्ठ हुन् । अर्का व्यक्तिको परिचय भने प्रहरीले खुलाइसकेको छैन । यद्यपि, उनी झापा गाउँपालिकास्थित नेपाल–भारत सीमा क्षेत्रका व्यक्ति हुन् ।

झापाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाका अनुसार पक्राउ परेका दुवै जनालाई खोटाचलन सम्बन्धी कसूरमा म्याद थप गरेर विस्तृत अनुसन्धान गर्ने तयारी भइरहेको छ ।

बरामद नोटमध्ये तीन वटा नोटसम्ममा एउटै नम्बर भेटिएको छ । पक्राउ परेका अर्का व्यक्तिले बयानमा डेढ लाख रुपैयाँ नक्कली नोट रहेको खुलाएका छन‍‍् । बरामद भए बाहेकको रकम खर्च भइसकेको हुनसक्ने एक अनुसन्धान अधिकृतले बताए ।

ति नोट कहाँबाट आएको भन्ने खुलिसकेको छैन । प्रहरीले बताएअनुसार श्रेष्ठ सुरुङ्गा क्षेत्रका मिटरब्याजी पनि हुन् । यस विषयमा पनि प्रहरीले अनुसन्धान गरिररहेको स्रोतको भनाइ छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु