adv
adv

मौसम सामान्यदेखि पूर्ण बदली भइ देशका धेरै स्थानमा पानी पर्ने

काठमाडौँ ,२९ असार । मनसुनी गतिविधि लगातार सक्रिय हुँदा केही दिनदेखि देशभर बदली तथा लगातार जस्तो वर्षा भइरहेको छ ।

सोमबार पनि देशभरको मौसम सामान्यदेखि पूर्ण बदली भइ धेरै स्थानमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकोछ ।

अहिले नेपालमा मनसुनी वायु सक्रिय हुनुका साथै मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेकाले बदली तथा वर्षा भएको मौसमविदले उल्लेख गरेका छन् ।

अहिले देशभर सामान्य बदली रही प्रदेश १, प्रदेश २ तथा बागमती, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको भइरहेको छ ।

सोमबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यस्तै राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १ तथा प्रदेश २ का थोरै स्थान र बागमती प्रदेश तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने मौसमविदले बताए ।

देशका विभिन्न नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि मौसमविदले आग्रह गरेका छन् ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु