adv

जसुदा स्मृति पुरस्कार २०७७ देबेन्द्र शक्तेनलाई

इलाम : जसुदा स्मृति पुरस्कार २०७७ यस वर्ष साहित्यकार देबेन्द्र शक्तेनलाई प्रदान गरिएको छ । भानु प्रतिमा संरक्षण तथा साहित्य सम्बद्र्धन इलामले प्रदान गर्दै आएको सो पुरस्कारबाट शक्तेन पुरस्कृत भएको हो ।

फाल्गुनन्द गाउँपालिका वडा नं.३ पाँचथर स्थित चिम्फुलाका साहित्यकार शक्तेनलाई आईतबार पुरस्कार वितरण समारोह कार्यक्रम आयोजना गरि पुरस्कार प्रदान गरिएको हो । आफ्नै गाउँको कुनामाचुपचाप बसेर साहित्य सृजनागर्ने शक्तेनलाई नगद ११ हजार एक सय ५० रुपैयाँ र सम्मानपत्र सहित पुरस्कृत गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतको बाहुलीबाट दोसल्लाले सुशोभित गरी सम्मान–पत्र वितरण गरिएको थियो ।

साहित्यमा सम्भावना बोकेका मोफसलका स्रष्टालाई पहिचान गरी प्रत्येक वर्ष एक जनालाई पुरस्कृत गर्ने आयोजक संस्थाले दुई वर्ष अघि देखि निरन्तर यो पुरस्कार वितरण गर्दै आएको संस्थाका सदस्य कवि प्रकाश थाम्सुहाङले बताए ।

२०७५ मायुवा पुस्ताका उदाउँदा कवि अन्वेश थुलुङ र २०७६ तथा गतवर्ष कवि बालिका थपलिया पुरस्कृत भईसकेको आयोजक संस्थाका अध्यक्ष कवि विमल बैद्यले वताए ।

इलामकी चेली साहित्य तथा पत्रकारिता जगतमा काम गर्दा गर्दै अल्पायुमै स्वर्गलोक भएकी जसुदा खाँकीको स्मृतिमा उनका श्रीमान बरिष्ठ पत्रकार पुष्पराज प्रधानले उक्त स्मृति पुरस्कार स्थापना गरेका हुन् ।

शक्तेन नेपाली साहित्य क्षेत्रमा गद्य विधामा दखल रहेको कवि प्रकाश थाम्सुहाङले वताए । उनले जोडे– शक्तेन ३ दशक देखि चिन्तन गर्दै नेपाली साहित्यमा कवि, लेखकको रुपमा उत्रिएका एक प्रखर र चुपचाप बसेर लेख्ने स्रष्टा हुन् । उनको लेख, निबन्ध नेपालका राष्ट्रिय पत्रपत्रिकाहरुमा विभिन्न समयमा प्रकाशित हुँदै आएका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु