झापा,२९ असार । नेपालमा आज एकैदिन १ हजार ७०५ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा हजार ७०५ जना डिस्चार्ज भएको जानकारी दिएका हुन् ।
यो संगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या १० हजार २९४ जना पुगेको छ ।
त्यस्तै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ९४५ पुगेको छ।
पछिल्लो २४ घन्टामा थप १४४ जनामा संक्रमण पुष्टि भए संगै कुल संख्या १६ हजार ९४५ पुगेको गौतमले बताए ।
संक्रमितहरु झापाका ४, मोरङका १, सुनसरीका १, सप्तरीका १, धनुषाका २७, महोत्तरीका ४, काठमाडौंका ३, कपिलवस्तुका ८, भक्तपुरका १, ललितपुरका ५ जना काभ्रेका १, म्याग्दीका २, दोलखाका १, मकवानपुरका १, रौतहटका ९, सिन्धुलीका १, बागलुङका २,पर्वतका १,स्याङजाका १,तनहुँका २, कपिलवस्तुका १,वर्दियाका २,दाङका २,रुकुमका २, बाँकेका १, दैलेखका २,जाजरकोटका १,सुर्खेतका ४१, बझाङका २,बैतडीका २,अछामका १ र कैलालीका ११ जना रहेका छन्।
त्यसैगरी मन्त्रालयका अनुसार कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ । ७७ जिल्लामै फैलिएको कोरोना संक्रमणबाट देशभरका पाँच जिल्ला संक्रमण मुक्त भएका छन् ।

