झापा,२९ असार । झापामा आज थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जानकारी दिएको हो ।
संक्रमितहरु दमक नगरपालिकाका १ र गौरीगञ्ज गाउँपालिकाका ३ पुरुषहरु रहेका छन् ।
योसंगै झापामा संक्रमितको कुल संख्या ३ सय ५ पुगेको छ । संक्रमण मुक्त भई घर फर्कनेको संख्या झापामा २१९ रहेको छ ।