adv

नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार नाघ्यो,मंगलबार ११६ जनामा संक्रमण पुष्टि

झापा,३० असार । नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार नाघेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको विवरण अनुसार मंगलबार थप ११६ जनामा संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ६१ पुगेको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार धनकुटाका ३, सिराहाका १, सुनसरीका १, तेह्रथुमका १, इलामका २, झापाका १, धनुषाका २१, महोत्तरीका १९,पर्साका २, गोर्खाका २, नुवाकोटका १, काठमाडौँका २ जना नवलपरासीका २, रौतहटका १, सिन्धुलीका १, काभ्रेका २, ओखलढुङगाका १, सिन्धुपाल्चोकका १,सुर्खेतका १, प्युठानका ३, बाँकेका १, रोल्पाका ३, वर्दियाका १, दाङका ५, अर्घाखाँचीका ३, पाल्पाका ५, दैलेखका ६, अछामका १४, जुम्लाका ४, कञ्चजपुरका १ तथा कैलालीका ५ जना रहेका छन्।

त्यस्तै डा. गाैतमका अनुसार पछिल्लो २४ घण्टामा ३४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससंगै हालसम्म डिस्चार्ज हुनेकाे संख्या १० हजार ३ सय २८ पुगेको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु