adv
Advertise Expired !

हालसम्म विश्‍वभर कोरोना संक्रमणबाट ७७ लाख २७ हजार बढी निको भए

काठमाडौं,३० असार । विश्वव्यापी  हालसम्म  कोरोना भाईरसको संक्रमणबाट ७७ लाख २७ हजार २०३ जना निको भएका छन्।

यस्तै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड ३२ लाख ५९ हजार ५४८ भन्दा बढी छ भने पाँच लाख ७६ हजार २८ जनाको  ज्यान गएको छ।

कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या ३४ लाख ७९ हजार ५७३ भन्दा धेरै पुगेको छ। त्यहाँ ज्यान गुमाउनेको संख्या पनि एक लाख ३८ हजार २४७ पुगेको छ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमित रहेको ब्राजिलमा १८ लाख ८७ हजार ९५९ भन्दा बढी संक्रमित भएकोमा ७२ हजार ९२१ भन्दा धेरैको ज्यान गएको छ।

यसैगरी संक्रमितको संख्यामा तेस्रो स्थानमा भारत रहेको छ। त्यहाँ ९ लाख ८ हजार २५८ भन्दा बढीमा संक्रमण भएकोमा २३ हजार ७३६ भन्दा धेरैको ज्यान गएको छ।

रसियामा ७ लाख ३९ हजार ९४७ भन्दा बढी संक्रमित भएका छन् भने ११ हजार ६१४ जनाको मृत्यु भइसकेको छ।

स्पेनमा ३ लाख ३ हजार ३३ जना संक्रमित भएकोमा २८ हजार ४०६ भन्दा बढीको मृत्यु भइसकेको छ। बेलायतमा २ लाख ९० हजार १३३ जना संक्रमित भएकोमा ४४ हजार ८३० जनाको मृत्यु भइसकेको छ।

पछिल्लो समय पेरुमा पनि संक्रमितको संख्या लगातार बढ्दै गएको छ।त्यहाँ संक्रमितको संख्या ३ लाख ३० हजार १२३ छ भने १२ हजार ५४ जनाको मृत्यु भईसकेको छ।

 

 

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु