adv

चीनमा जुलाई २० देखि सिनेमाघर खुल्ने

काठमाडौं, १ साउन। कोरोना भाइरस (कोभिड–१९) को कारण बन्द भएकाे सिनेमाघर चीनमा जुलाई २० देखि खुल्ने भएका छन् । ग्लोबल टाइम्सका अनुसार जुलाई २० देखि चीनमा सिनेमाघरहरु खुल्नेछन् ।

गत जनवरीदेखि चीनका सिनेमाघरहरु बन्द छन् । करिब ६ महिनापछि अहिले सिनेमाघर खोल्ने योजना बनेको छ । योजनाअनुसार सावधानी अपनाउँदै संक्रमणको जोखिम निकै कम भएको क्षेत्रमा मात्र सिनेमाघर खोल्ने अनुमति दिइनेछ

चीनबाट सुरु भएको कोरोना भाइरसको महामारी अहिले विश्वभर फैलिएको छ । तर, चीनले भने कोरोना भाइरसलाई निकै हदसम्म नियन्त्रणमा लिएको छ । विस्तारै चीनको अर्थतन्त्रमा सुधार आउन थालेको छ भने जनजीवन सामान्य दिशामा अघि बढिरहेको छ ।

स्रोत : बीबीसी

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु