adv

झापामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि

झापा,१ असार । झापामा  आज बिहिबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाईंक अनुसार संक्रमितहरु झापा भद्रपुर नगरपालिकाका २ जना महिला, मेचीनगर नगरपालिकाकी १ जना महिला र कनकाई नगरपालिकाका १ जना पुरुष रहेका छन्।

संक्रमित हुने महिलाहरुमा मेचीनगरकी महिला भारत, भद्रपुरका कुवेदबाट आएका हुन् भने कनकाईका पुरुष कतारबाट आएको जनाइएको छ । उनीहरु स्थानिय क्वारेन्टिनमा  बसेका थिए ।

योसँगै झापामा संक्रमित हुनेको कुल संख्या ३१० पुगेको छ । भने  कोरोना संक्रमणमुक्त भएर घर फर्किनेको संख्या २७९ पुगेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु