adv

नेपालमा थप १६७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या १७ हजार ३ सय ४४ पुग्यो

काठमाडाैँ,१ असार । नेपालमा पछिल्लो २४ घण्टामा १६७ जना काेराेना संक्रमित थपिएका छन्। यससंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ३ सय ४४ पुगेकाे छ।

स्वास्थ्य मन्त्रालयका अनुसार झापाका ४, सुनसरीका ४, उदयपुरका १, इलामका ६, मोरङका ३, ओखलढुङ्गाका १५, धनुषाका २६, पर्साका २, बाराका १, रौतहटका १२, धनुषाका १ जना ,काठमाडौँका १, नवलपरासीका १७, मकवानपुरका ३, बागलुङका २,स्याङजाका १,रुपन्देहीका १, प्युठानका १, बाँकेका ८,सुर्खेतका ३,वर्दियाका १, दाङका १,दैलेखका ६, रुकुमका १,सल्यानका २, जाजरकोटका २, मुगुका १, डढेलधुराका ८, अछामका ४, कैलालीका १४, कञ्चनपुरका १४ र बझाङका १ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै पछिल्लो २४ घण्टामा २१३ जना कोरोना संक्रमित डिस्चार्जभएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेहरुको कुल संख्या ११ हजार २ सय ४९ पुगेको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु