adv
adv

कोरोना भाईरसका कारण बीपीमा उपचाररत एक वृद्धको मृत्यु

धरान ,२ श्रावण ।  कोरोना भाइरस संक्रमणका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ७३ वर्षीया वृद्धको निधन भएको छ ।

सप्तरीको राजविराज नगरपालिकाका वडा नम्बर ११ का रामकृष्णदासको बिहीबार राति उपचारका क्रममा निधन भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिएका छन् ।

दास कोराना संक्रमणको पुष्टि भए पश्चात बिहीबार दिउँसो प्रतिष्ठानमा भर्ना भएका थिए । उनको पीसीआर रिपोर्ट पनि पोजेटिभ देखिएको थियो ।मृतकको शव हाल प्रतिष्ठानमै राखिएको छ । मृतकको अन्त्येष्टि लागि व्यवस्थापन गर्ने पहल भइरहेको डीएसपी बस्नेतले बताएका छन् । उनको शव सप्तरीमै लगेर अन्त्येष्टि गरिने बताइएको छ ।

प्रदेश न १ मा उपचारको क्रममा कोरोनाबाट मृत्यु यो पहिलो मृत्यु हो  ।यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४० पुगेको छ ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु