काठमाडौं। विभिन्न स्थानमा करीब आठ करोड रूपैयाँ ठगी गरेर फरार रहेका चन्दन जिन्दललाई प्रहरीले पक्राउ गरेको छ। महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीका अनुसार उनले झापा, बारा, पर्सा र सर्लाहीमा विभिन्न बहानामा ठगी गरि फरार रहेकाेे जिन्दल पक्राउ परेकाे हाेे ।
झापाको दमक नगरपालिका-७ स्थित कृष्णमन्दिरका २९ वर्षीय जिन्दललाई भक्तपुरको मध्यपुर थिमी नगरपालिकास्थित गट्ठाघरमा लुकेर बसेको अवस्थामा महानगरीय अपराध महाशाखा काठमाडौंको टोलीले बिहीबार साँझ पक्राउ गरेको हो।
जिन्दलविरूद्ध उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्ज तथा झापा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएका थिए।

