झापा,३ श्रावण । झापाको कमल गाउँपालिकामा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गाउँपालिकाको स्वस्थ्य शाखाका अनुसार कमल गाउँपालिका ५ का ३४ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको हो ।
उनी साउदीबाट आएर कमल गांउपालिका ३ स्थित शहिद धर्मभक्त माध्यमिक विध्यालयको क्वारेन्ट्नमा रहंदै आएका थिए ।
गाउँपालिकाले अहिले सम्ममा २ सय २३ जनाको पिसिआर परिक्षण गर्दा २ जनामा पोजेटिभ देखिएको कमल गाउँपालिका स्वस्थ्य शाखा प्रमुख बाबुराम थुलुङ्गले जानकारी दिए ।
यस अघि गाउँपालिकाको वडा नम्वर १ मा कोभिड १९ पोजेटिभ देखिएका निको भएर घर फर्कि सकेरा छन् ।

