adv

पाँचथरमा कोरोना भाइरस संक्रमित संख्या सुन्य

 

पाँचथर । पाँचथरमा कोरोना भाइरस संक्रमित संख्या सुन्य भएकाे छ । विदेशबाट आएर फिदिमस्थित क्वारेन्टिनमा बसेका चार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । उनिहरू निकाे भएर घर फर्किए पछि पाँचथर काेराेनामुक्त बनेकाे हाे ।

चारै जनालाई सरकारले विभिन्न खाडी राष्ट्रबाट उद्धार गरिएको थियो । पछिल्लो पटक संक्रमित देखिएका तीन जना पुरुष कोरोना संक्रमण मुक्त भई अस्पतालबाट फर्केका छन् । यस्तै शुक्रबार यहाँका क्वारेन्टिनमा बस्नेको संख्या समेत शून्यमा झरेको छ ।

पाँचथरमा पहिलो पटक गत जेठ ३ गते कोरोना भाइरसको पहिलो संक्रमित भेटिएका थिए । जिल्लाको याङवरक गाउँपालिका घर भई वैदेशिक रोजगारीका क्रममा कुवेत पुगेकी २५ वर्षीया युवतीमा संक्रमण देखिएको थियो । उनी सरकारी उद्धारबाट वैशाख ३० गते नेपाल आएकी थिइन् । संक्रमण देखिएपछि उपचारार्थ कोशी अस्पताल पठाइएकी ती युवती दुई साताअघि निको भई घर फर्किसकेकी छन् ।

यस्तै साउदी अरेबियाबाट उद्धार गरिएका जिल्लाको हिलिहाङ गाउँपालिकाका २८ वर्षीय पुरुषमा गत असार २१ गते तथा संयुक्त अरब इमिरेट्स (युएई)बाट उद्धार गरिएका याङवरक गाउँपालिकाका २३ वर्षीय पुरुष र कतारबाट उद्धार गरिएका तुम्बेवाका ३२ वर्षीय पुरुषमा असार २६ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

उनीहरुमध्ये दोस्रो संक्रमितलाई कोशी अस्पताल विराटनगर तथा बाँकी दुई जनालाई कोभिड–१९ विशेष अस्पताल गोठगाउँ, मोरङ पठाइएको थियो । पछिल्लो पटक गरिएको परीक्षणमा तीनै जनामा कोभिड–१९ नेगेटिभ देखिएपछि घर फर्कंदै गरेको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीले जानकारी दिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु