काठमाडौं ,४ श्रावण । पछिल्लो समय विवादित बनिरहेको चिनियाँ एप टिकटकको सिको गर्दै लोकप्रिय फोटो शेयरिङ एप इन्स्टाग्रामले आफ्नै ‘टिकटक’ ल्याउने भएको छ ।
गत शुक्रबार एक घोषणा गर्दै टिकटकले आफ्नो भिडियो शेयरिङ फिचर लञ्च गर्ने तयारी गरिरहेको खुलासा गरेको हो । इन्स्टाग्रामको उक्त भिडियो शेयरिङ सर्भिसको नाम ‘रील्स’ हुनेछ ।
आगामी अगष्ट महिनामा अमेरिका तथा अन्य ५० वटा देशमा रील्स लञ्च हुनेछ । इन्स्टाग्रामले गत हप्ताबाट भारतमा रील्सको परीक्षण सुरु गरेको छ । भारतले टिकटकमाथि प्रतिबन्ध लगाइसकेको छ ।
इन्स्टाग्रामको भिडियो शेयरिङ फिचर रील्समा प्रयोगकर्ताहरुले १५ सेकेण्डको भिडियो रेकर्ड गर्न, इडिट गर्न, त्यसमा आफूलाई मनपर्ने संगीत तथा अडियो हालेर स्टोरिज तथा इन्स्टाग्रामको एक्सप्लोर फिचरमा अपलोड गर्न सक्नेछन् ।
सन् २०१६ मा फेसबुक तथा इन्स्टाग्रामले स्टोरीज फिचर लञ्च गरेका थिए जसमा प्रयोगकर्ताहरुले २४ घण्टामा आफैं हराउने सामग्री शेयर गर्न सक्दछन् ।
इन्स्टाग्राममा यो फिचर निकै लोकपि्रय बन्यो र त्यसको ८ महिनामै इन्स्टाग्राम स्टोरिज फिचरका प्रयोगकर्ताको संख्याले स्नापच्याट प्रयोगकर्ताको संख्यालाई पछि पारेको थियो । सन् २०१८ मा त्यो संख्या दोब्बर बनेको थियो ।
टिकटकको बढ्दो लोकपि्रयताको सिको गर्नेमा इन्स्टाग्राम मात्र एक्लो छैन । युट्युबले समेत आफ्नै टिकटक बनाउँदैछ, जसको नाम शर्टस् राखिएको छ । सन् २०२० को अन्त्यसम्ममा युट्यबुको शर्टस् सार्वजनिक गरिनेछ ।एजेन्सी