adv

झापामा थप १ जनामा कोरोना संक्रमण पुष्टि

 झापा,४ असार । झापामा आज आइतबार थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेमा मेचीनगर वडा नं १ का २१ बर्षीय पुरुषमा रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्शन जीवन चौलागाईंले जानकारी दिए  । उनि भारतबाट आएर देवी प्राविको क्वारेन्टिनमा रहँदै आएका  थिए ।

योसंगै मेचीनगरमा संक्रमितको संख्या ४९ पुगेको छ । जसमा ४६ जना निको भएर घर गएका छन् ।

झापामा कुल संक्रमितको संख्या ३१३ पुगेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु