झापा, ५ साउन । झापामा आज सोमबार थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
संक्रमितहरु दमक, गौरिगञ्ज र कचनकवलका एक–एक जना पुरुषहरु रहेको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले जाकारी दिए । दमकका पुरुष दुबईबाट, गौरिगञ्ज र कचनकवलका भारबाट आएको चम्लागाईले बताए ।
यो सँगै झापामा संक्रमितको संख्या ३१६ पुगेको छ भने २९८ जना निकोे भएर घर फर्कीएका छन् ।

