adv

नेपालका कोरोनामुक्त सात जिल्लाहरु कुन कुन हुन् ?

काठमाण्डाै ,५ श्रावण । नेपालमा सात वटा जिल्ला कोरोनामुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भोजपुर, पाँचथर, धनकुटा, सङ्खुवासभा, रसुवा, मनाङ र मुस्ताङ कोरोना मुक्त जिल्लाहरु हुन् ।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमकाअनुसार यी सात जिल्लामा एक पटक सङ्क्रमित भेटिए पनि अहिले सबै जना निको भएर घर फर्किएका छन् । यस्तै रौतहट, कैलाली र बाजुरामा पा्ँच सयभन्दा धेरैका दरले सक्रिय सङ्क्रमित रहेका छन् ।

नेपालमा हालसम्म १७ हजार आठ सय ४४ पुगेको छ । त्यस्तै डिस्चार्ज हुनेकाे कुल सङ्ख्या ११ हजार आठ सय ६८ पुगेकाे छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु