adv

भदौ १ गतेदेखि हवाइ उडान सुरु गर्ने सरकारको निर्णय

काठमाडौँ ,५ श्रावण । सरकारले भदौ १ गतेदेखि आन्तरिक र अन्तर्राष्ट्रिय उडान सुचारु गर्ने निर्णय गरेको छ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईका अनुसार सोमबारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

उडानहरु कसरी सुचारु गर्ने भन्‍नेबारे पर्यटन मन्त्रालयले प्रोटोकल बनाउनेछ । सरकारले चैत ९ गतदेखि अन्तर्राष्ट्रिय र चैत ११ देखि आन्तरिक उडान रोकेको थियो ।

वायुसेवा पुनः सञ्‍चालन गर्न असार १५ गते पर्यटन मन्त्रालयले अध्ययन समिति गठन गरेको थियो । उक्त समितिको सिफारिसका आधारमा कोभिड-१९ संकट व्यवस्थापन समितिका संयोजक समेत रहेका रक्षामन्त्री ईश्वर पोखरेलले सोमबारको मन्त्रिपरिषद् बैठकमा हवाइ सेवा सुचारु गर्न प्रस्ताव लगेका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु