adv

पहिरोले पुरिएर एकै परिवारका ३ जनाको मृत्यु

काठमाण्डौ ,६ श्रावण । घर माथिबाट आएको पहिरोले घर पुरिँदा एकै परिवारको तीन जनाको मृत्यु भएको छ।

गएराति पहिरोले पुरिएर त्रिपुरासुन्दरी गाउँपालिका–६ का जीवन खाँड, उनकी श्रीमती विमला खाँड र अन्दाजी तीन वर्षीया छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धादिङका डीएसपी रुपक खड्काले जानकारी दिए।

राति पहिरो गएकाले उनीहरुको शव छिमेकीले निकालेको थिए। अहिले जिल्लाका विभिन्‍न स्थानमा भारी वर्षा भइरहेको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु