इलाम ,६ श्रावण । इलाममा आज थप दुईजनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य कार्यलय इलामका फोकल पर्सन विमल बरालका अनुसार इलाम नगरपालिकाको क्वारेन्टिनमा खटिएका ३३ र ३७ वर्षिय दुई जना पुरुषमा कोरोना संक्रमण देखिएको हो । ४० जनाको पिसिआर परिक्षण गरिएकोमा दुईजनाको रिपोट पोजेटिभ आएको जनाइएको छ । उनीहरुको साउन २ गते स्वाब संकलन गरिएको थियो ।
संक्रमित दुवै जनालाई मोरङको गोठगाउँस्थित आइसोलेसनमा लागिने भएको छ ।
यो संगै इलाममा संक्रमितको संख्या २६ पुगेको छ । १२ जना निको भएर घर फर्किएका छन।

