adv

भदौ १ गतेदेखि लामो दूरीका सवारी साधन सञ्चालन गर्ने सरकारको निर्णय

काठमाडौँ,६ असार । सरकारले लामो दूरीका सवारी साधन भदौ १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ।

सरकारका प्रवक्ता डा. खतिवडाले लामो दूरीका सवारी साधन भदौ १ गतेदेखि सञ्चालन गर्ने सरकारको निर्णय मंगलबार सार्वजनिक गरेका हुन्।

 सरकारले गत चैत ११ देखि बन्द भएको सार्वजनिक यातायात असार २६ गतेदेखि छोटो दूरीमा सञ्चालन गर्न दिने निर्णय गरेको थियो।

यातायात व्यवसायी तथा मजदूरहरूले भने साउन ८ देखि सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरिसकेका छन्।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु