adv
adv

झापामा काँकरभिट्टाका दुई सशस्त्र प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि

झापा, ६ श्रावण । सशस्त्र प्रहरी सीमा सुरक्षा बल काँकरभिट्टाका दुई प्रहरी जवानमा कोरोना संक्रमण देखिएको छ ।

संक्रमितहरु मेचीनगर वडा नं ६ का २१ र ३० बर्षका प्रहरी जवानहरु रहेका छन् ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालाको आजको रिपोर्ट अनुसार उनीहरुमा संक्रमण देखिएको हो ।

जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले संक्रमित दुबै जनालाई उपचारका लागि मोरङको गोठगाउँ लागिएको बताए ।

यो संगै मेचीनगरमा संक्रमितको संख्या ५१ पुगेको छ भने ४६ जना निको भएर घर फर्कीएका छन् । झापामा संक्रमितको संख्या ३ सय १८ पुगेको छ ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु