झापा,७ श्रावण । नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा थप १०० जनामा कोरोना संक्रमित थपिदा कुल संक्रमित संख्या १८ हजार ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिए ।
संक्रमित हुनेहरु सप्तरी १८,दैलेख १६,सुनसरी ४,मोरङ ३,झापा १,ताप्लेजुङ ३,धनुषा ५,बारा ३,पर्सा ६,काठमाडौं ३,सर्लाही २,चितवन १,सर्लाही १,लमजुङ ७,स्याङ्जा ३,बागलुङ ३,बाँके ३,बर्दिया २,सल्यान २,कालीकोट ६,बझाङ १ र डोटी ७ जना रहेका छन्
पछिल्लो २४ घण्टामा २०७ जना काेराेन संक्रमित डिस्चार्ज भएकाे जानकारी दिए। यससँगै हालसम्म डिस्चार्ज हुनेको कुल संख्या १२ हजार ६ सय ८४ पुगेकाे छ।