काठमाडौँ,७ श्रावण । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक जना विदेशी नागरिकको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।
कोरोना भाइरसको संक्रमण पुष्टि भएकी ४८ वर्ष चिनियाँ नागरिक महिलाको बुधबार बिहान मृत्यु भएको हो। नेपालमा कोरोना भाइरसको संक्रमणका कारण विदेशीको मृत्यु भएको यो पहिलो घटना हो।
मंगलबार बेलुका ग्राण्डीबाट शिक्षण अस्पतालमा रिफर गरिएकी उनलाई आइसियूमा राखेर उपचार भइरहेका बेला बुधबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ।
एक बर्षदेखि पोखरामा बस्दै आएकी उनी मुटुको बिरामी भएपनि केही दिनयता स्वासप्रश्वासमा समस्या भएपछि उनलाई हेलिकप्टरमा ग्राण्डी अस्पताल ल्याइएको थियो।
नमूना परीक्षण पश्चिात उनीमा संक्रमण देखिएपछि ग्राण्डीले शिक्षण अस्पताल रिफर गरेको थियो।
योसँगै नेपालमा कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ४२ पुगेको छ।

