झापा, ७ साउन । झापामा आज बुधबार थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईका अनुसार संक्रमित शिवशताक्षीका ३९ वर्षीय पुरुष रहेका छन् ।
उनि बहराइन बाट आएका हुन् । यो सँगै झापामा संक्रमितको संख्या ३ सय १९ पुगेको छ ।
प्रदेश जनस्वास्थ्य कार्यलय बिराटनगरबाट गरिएको परिक्षणमा आज उनको रिपोर्ट पोजेटिभ आएको हो ।
संक्रमितलाई उपचारका लागि मोरङको गोठगाउँ लगिएको चम्लागाईले जानकारि दिए ।

