झापा,८ साउन । झापाको अर्जुनधारा नगरपालिकाका एक व्यक्तिमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतका अनुसार अर्जुनधारा ३ का २४ वर्षीय युवकमा संक्रमण पुष्टि भएको हो ।
उनी भारतबाट साउन २ गते काँकरभिट्टा नाकाहुँदै अर्जुनधारा आएका थिए । उनलाई थप उपचारका लागि मोरङको गोठ गाउँ लैजाने तयारी भइरहेको छ ।
उनीसँगै कोरोना भाइरस परीक्षण गरेका अन्य ३९ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । साउन ६ गते उनीहरुको थ्रोट स्वाब संकलन गरिएको थियो ।
यसअघि ४ महिलासहित १३ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । तर, उनीहरु उपचारपछि घर फर्किसकेका छन् ।
आज १ जना थपिएसंगै झापामा कोरोना संक्रमितको संख्या ३२० पुगेको छ ।

