झापा,८ साउन ।नेपालमा आज बिहिबार थप १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा काेराेना भाइरस संक्रमितको संख्या १८ हजार २ सय ४१ पुगेकाे छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित हुनेमा धनकुटाका २, सुनसरीका २, मोरङका ८, झापाका १, सिरहाका २, सप्तरीका ७, पर्साका १७, भक्तपुरका २, काठमाडौंका ५ महोत्तरीका १, पर्वतका १, ललितपुरका २, कास्कीका २ ,स्याङ्जाका १, पर्वतका २, रुपन्देहीका १३, प्युठानका २, नवलपरासीका १, सुर्खेतका ५, सल्यानका १, दैलेखका २४, डडेलधुराका २, डोटीका ७, कैलालीका २, बझाङका १ र कञ्चनपुरका ३० जना रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा १५६ जना कोरोना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिए ।
योसंगै हालसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार ८ सय ४० पुगेकाे छ।

