adv

उद्योग वाणिज्य महासंघको निर्वाचन स्थगित

काठमाडौँ ,८ साउन । नेपाल उद्योग वाणिज्य महासंघको यही साउन २६ र २७ गते हुने भनिएको निर्वाचन स्थगित भएको छ ।

बिहीबार बसेको पदाधिकारी बैठकले कोरोनाको त्रास बाँकी नै रहेको भन्दै चुनाव स्थगित गरेको महासंघका उपाध्यक्ष किशोर प्रधानले जानकारी दिए । उनले सरकारले सभा सम्मेलन गर्ने अनुमति दिएको १५ दिनपछि चुनाव हुने बताए।

उनले भने, ‘लकडाउन पूर्ण रुपमा खुकुलो भएपनि कोरोना भाइरस सकिएको छैन। सरकारले अझै सभा सम्मेलन गर्ने निर्णय गरको छैन। जुनदिन सरकारले सभा सम्मेलन गर्ने निर्णय गर्छ त्यसको १५ दिनपछि चुनाव हुन्छ।’

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु